जबरालाई पक्राउ गर्ने एसएसपी खड्कालाई मानव अधिकार आयोगले सोधपुछका लागि बोलायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछ गर्न डाकेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा डाकिएको जानकारी दिए ।

‘आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि उहाँलाई डाकिएको हो,’ उनले भने ।

मानव अधिकार आयोगले आइतबार टेकुस्थित कार्यालयमा पुगेर जबरा पक्राउको अनुगमन गर्न खोजेको थियो ।तर, प्रहरीले करिब १ घण्टा कुराएर गेटबाटै आयोगको टोलीलाई फर्काइएको दियो ।

  • १२ आश्विन २०८३, सोमबार १६:३२ प्रकाशित