मनाङको हिम्लुङ हिम पहिरोमा ज्यान गुमाएका २ जना टुरिष्ट गाइड

केन्द्रभाग मिडिया

file photo

मनाङको हिम्लुङमा हिम पहिरोमा परेर ज्यान गुमाएका दुई जना टुरिष्ट गाइड रहेको खुलेको छ । आइतबार हिम पहिरोमा परेर सम्पर्कविहीन भएकाहरू मध्येका २ जनाको शव भेटिएको हो ।

ज्यान गुमाउनेहरुमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ घर भएका क्षेपी भोटे र सोही गाउँपालिकाको वडा नम्बर–२ घर भएका ३१ वर्षीय पासाङ भोटे छन् ।

उनीहरूको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर बिनोद बोहराले जानकारी दिए । कैलाश हेलिकप्टरमार्फत शव काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको हो ।

हिम पहिरो खसेको क्षेत्रमा खोज तथा उद्धार जारी छ ।

  • १२ आश्विन २०८३, सोमबार ११:२६ प्रकाशित