विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधाकेजी सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराला घर भएका ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् । बुधबार राति संयुक्त अरब इमिरेट्सबाट आएका थोडीको साथबाट ५३५ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।

भित्री बस्त्रमा प्लाष्टिकले बेरेर लुकाएर ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । आरोपीलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी सिलवालले बताए ।

  • ८ आश्विन २०८३, बिहीबार १४:०० प्रकाशित