पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र निर्देशक नियुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र निर्देशक नियुक्त गरिएको छ । डिनमा सहप्राध्यापक डाक्टर डेविड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डाक्टर झपिन्द्र पोखरेल नियुक्त भएका हुन् ।

प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक सुधारका लागि ३ असोजमा श्रेष्ठलाई डीन र पोखरेललाई अस्पताल निर्देशकको जिम्मेवारी दिइएको हो । प्रतिष्ठानको शैक्षिक स्तर वृद्धि, अध्ययन अनुसन्धान र नयाँ कार्यक्रम विस्तारमा मेरो ध्यान केन्द्रित हुने नवनियुक्त डीन श्रेष्ठले बताएका छन् ।

नवनियुक्त निर्देशक पोखरेलले अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राखिने निर्देशक पोखरेलले बताए ।

लामो समयदेखि चिकित्सा शिक्षा, अनुसन्धान र प्राध्यापनमा सक्रिय श्रेष्ठ प्रतिष्ठानका अनुभवी विशेषज्ञ मानिन्छन् । अस्पताल व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहमा पोखरेलले यसअघि पनि विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् । उनी हाडजोर्नी विशेषज्ञ हुन् ।

  • ४ आश्विन २०८३, आईतवार १०:५१ प्रकाशित