प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता तय

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता तय भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आगामी असोज ६ गते न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको आम बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको हो । यसैगरी उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रमहरूमा सहभागी हुन पर्राष्ट्रमन्त्री शिशिर खनाल भने असोज ४ गते नै न्यूयोर्क प्रस्थान गर्नेछन् ।

न्यूयोर्कमा रहँदा पर्राष्ट्रमन्त्री खनालले विभिन्न देशका समकक्षी तथा अन्य उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका उच्च अधिकारीहरू सहभागी रहनेछन् ।

प्रधानमन्त्री शाह असोज १० गते काठमाडौँ फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

  • २ आश्विन २०८३, शुक्रबार १६:४० प्रकाशित