पोखरा ।
स्याङ्जामा अवैध बालुवा ओसारपसार गर्ने ट्याक्टरलाई कारबाही भएको छ । अस्थायी प्रहरी विट रामबाच्छा स्याङ्जाबाट खटिएको प्रहरी टोलीले लु ४ त ३२९२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।
वालिङ नगरपालिका वडा नम्बर १ सिसौघारीमा अवैध रुपमा बालुवा ओसारपसार गरेको भेटिएपछि प्रहरीले उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएको बताएको छ ।
उक्त ट्याक्टरलाई वालिङ नगरपालिकाले ३० हजार रुपैयाँ जरिवाना गरि छाडेको जनाइएको छ ।













