काठमाडौं ।
जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा। सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा। राउतको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध भएका हुन् ।
अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको दोश्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ ।
उम्मेदवारको प्रारम्भिक सूची अनुसार ७ जना उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।उपाध्यक्ष पदमा रौतहटका वसन्तकुमार कुशवाहा, धनुषाका अनिता साह, सिरहाका अनिता मण्डल, सप्तरीका डा. जयकान्त राउत, कपिलवस्तुका नरेन्द्रप्रसाद चौधरी र पर्साका माधवप्रसाद सिंहको उम्मेदवारी परेको छ ।
सोही पदमा सिरहाका राजकुमार यादव त्यागी, बाराका डा। कमरुल्लाह अंसारी, रुपन्देहीका सञ्ज्यकुमार मिश्र, सप्तरीका मदनेशकुमार चौधरी, मोरङका परमेश्वर मुर्मु , बाराका रोसन खातुन, बाँकेका हरपाल सिंह सोडी र सर्लाहीका मनोहरी देवी वैठाको उम्मेदवारी परेको छ ।
जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचीव राजेशकुमार मण्डलका अनुसार एक जना महासचिव पदमा सप्तरीका ममता झा, महोतरीका चन्दनकुमार सिंह र सिरहाका संजयकुमार यादवको उम्मेदवारी परेको छ ।
एक जना निर्वाचित हुने उप महासचिवमा सिरहाका निर्मलकुमार मण्डल र रौतहटका ललितचन्द्र मल्लिकको उम्मेदवारी परेको छ ।७ जना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ ।
धनुषाका सन्तोषकुमार सहनी, सप्तरीका सुरेन्द्र शर्मा मधेशी, रौतहटका हरेन्द्र चौधरी, महोतरीका अन्जनीदेवी, सिरहाका रोहित महतो, बाराका पारसप्रसाद साह, बाकेका राधाकुमारी यादव, नवलपरासीका बाल गोविन्द चौधरी, महोतरीका वीरेन्द्र महतो, र बाराका रामबाबु साहको उम्मेदवारी सचिव पदमा परेको छ ।













