काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् ।
नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् ।
सरकारले दमन र ज्यादती सुरु गरेको उनको आरोप छ ।
‘अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौं,’ प्रचण्डले भने ।
साथै, यनले नेता कार्यकर्ताहरूलाई थप प्रष्ट पार्दै विभिन्न पार्टी, बुद्धिजिवी, नागरिक समाजसँग लगातार छलफलमा रहेको बताए । ती छलफलहरू सकारात्मक दिशामा अघि बढेको पनि उनले बताए ।
‘म सबै नेता कमरेडहरूलाई प्रष्टसँग भन्न चाहन्छु, हामी त्यसको तयारीका लागि विभिन्न पार्टी, बुद्धिजिवी, नागरिक समाजसँग लगातार छलफलमा छौं । र, सकारात्मक दिशामा चिजहरू अगाडि बढ्दैछन्,’ प्रचण्डले भनेका छन् ।
साथै, उनले सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्ने बताए ।
‘तपाईं हामी सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने नयाँ संकल्प गनुपर्ने आवश्यकता छ । हामी अहिले त्यही प्रक्रियामा छौं,’ उनले भने ।













