रसुवा बाढीलाई परराष्ट्रमन्त्रीले दिए हिमालयन सुनामीको संज्ञा

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिएका छन् ।बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिलेको यो जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । यो जुन डिजास्टर अनुभव गरियो त्यसले हामीले पछिल्लो समय कम्तीमा पनि २०र२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा रसुवामा विनाशकारी बाढी गयो । त्यसले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ ।जलवायु परिवर्तनका कारण यो क्षति नेपालले बेहोर्नुपरेको निष्कर्षमा सरकार छ । यसबारे थप अध्ययन पनि भइराखेको मन्त्री खनालले जानकारी दिएका छन् ।

मन्त्री अखनालका अनुसार नेपालको समृद्धिको विषय एकदमै बढी रिभर कोरिडोर, हिमालयन रिभर कोरिडोरसँग जोडिएको छ । उत्तर दक्षिणका मेजर बाटोहरुको परिकल्पना रिभर कोरिडोर सँग जोडिएको छ ।

पछिल्ला ३०/४० वर्षको अवधिमा नेपालको बस्ती विकास र बजार विकास पनि रिभर कोरिडोरका बेसिनहरूमा जोडिएको उनले बताए ।

नेपालको समृद्धिसँग जोडेको हाइड्रोपावरको विषय पनि अल्टिमेट्ली नदीमा हुने नै भयो । बिजुली उत्पादन गरेर त्यसको प्रयोग अथवा त्यसको निर्यातबाट नेपालले जुन समृद्धिको सपना देखेको छ यो पनि हिमालयन रिभर कोरिडोरसँग जोडिएको छ ।

  • १ आश्विन २०८३, बिहीबार १५:०९ प्रकाशित