काठमाडौं ।
रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्नेबारे दलहरूबिच छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित शिक्षा समितिको हलमा प्रारम्भिक छलफलमा नेताहरू जुटेका हुन् । छलफलमा संसदमा रहेका दलहरूबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक संलग्न रहेको सत्तारुढ दल रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा एक साताभित्र संसदीय विशेष समिति गठन गर्न सभामुखलाई सिफारिस गर्न सहमत भएको बताएका थिए ।










