नेपालमा जापानी इन्सेफ्लाइटिसबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी स्थिति प्रतिवेदन अनुसार देशका १६ जिल्लामा २६ जनाको ज्यान गइसकेको छ।

ज्यान गुमाउनेहरुमा १२ पुरुष र १४ महिला रहेका छन् । तथ्याङ्क अनुसार ज्यान गुमाउनेमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिल्लो उमेर समूहका व्यक्तिहरू रहेका छन् ।

हालसम्म देशका ७ वटै प्रदेशका ३६ जिल्ला ८४ पालिकामा १२१ जनामा प्रयोगशालाबाट जापानी इन्सेफ्लाइटिस पुष्टि भएको छ भने ५६ जना बिरामी हाल उपचाररत छन् । पूर्वी नेपालबाट फैलन सुरु भएको यो सङ्क्रमण तराईका जिल्लाहरूमा बढी देखिएको छ।

विशेषगरी धान खेत र सुँगुर र बङ्गुर फाराम नजिकै बसोबास गर्ने र खोप नलगाएका नागरिकहरू यस रोगको उच्च जोखिममा परेका छन्।

  • ३१ भाद्र २०८३, बुधबार १६:४९ प्रकाशित