मकवानपुर ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गको छ ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार इभीमा ८ जना सवार थिए । उनीहरूमध्ये ६ पुरुष र २ महिला रहेका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका ४ जनामध्ये ३ जनालाई उपचारका लागि काठमाडौँ र एक जनालाई हेटौँडा लगिएको छ ।
मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।














