पोखरा ।
स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले विभिन्न कसूरमा जरिवाना तोकिई फरार रहेका तीन प्रतिवादीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा माना चामल कसूरका एक, डाँका चोरीका एक र चेक अनादर कसूर एक जना गरी फरार तीन प्रतिवादी पक्राउ परेका हुन् ।












