काठमाडौं ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण चीनमा फसेका नेपालीहरू क्रमशः नेपाल फर्किरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट ५३६ नेपाली नेपाल फर्किएका छन्।
आज १०६ जना नेपाल फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकहरूको सुरक्षित फिर्तीका लागि मन्त्रालयले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।
हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित १३ हजार ३९६ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।











