पोखरा ।
स्याङ्जामा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट प्रहरी नायव निरीक्षक दुर्गा बहादुर रानाभाटको कमाण्डमा खटिएको प्रहरी टोलीले चापाकोट नगरपालिका १० आँधिघाट एरियामा अन्दाजी ११७ लिटर तयारी घरेलु मदिरा नष्ट गरेको छ ।

यस्तै प्रहरी चौकी फेदिखोला, स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक आशिष थापाको कमाण्डमा खटीएको प्रहरी टोलिले फेदिखोला गाउँपालिका २ खड्केटारी एरियामा तयारी घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी १०० लिटर नष्ट गरेको छ ।
यस्तै प्रहरी चौकी सेतिदोभान, स्याङ्जाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मनोहरराम चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले आधिखोला गाउँपालिका ५ रंगेठाटी एरियामा चेकजाँच गर्दा अन्दाजी २१० लिटर तयारी घरेलु मदिरा नष्ट गरिएको गरेको छ। ।












