लोसपा भन्छ,‘ वैशाख ३० को निर्वाचन मान्दैँनौ’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने बताएको छ। मधेश प्रदेशमा २०७४ साल असोज २ गते निर्वाचन भएको भन्दै वैशाखमा चुनाव गर्दा जनप्रतिनिधिको संवैधानिक हक हनन् हुने भन्दै लोसपाले वैशाख ३० को निर्वाचन नमान्ने बताएको हो ।

पार्टीका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै निर्वाचित प्रतिनिधिको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने भन्दै निर्वाचन आयोग र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

  • २६ माघ २०७८, बुधबार १५:५८ प्रकाशित