काठमाडौं ।
दुई जनाको जीवित उद्धार गरेको ठाउँ त्रिशूली–३ ए जलविद्युत आयोजनामा सेनाले उद्धार जारी राखेको छ । शुक्रबार बिहान सुरुङमा फसेका दुई जनाको जीवित उद्धार गरिएको थियो । नेपाली सेनाले र सशस्त्रका उद्धारकर्मीले भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कबिर महर्जनलाई १० औँ दिनमा जीवित उद्धार गरेका हुन् ।
दुई जनाको उद्धारपछि पनि सो क्षेत्रमा उद्धार जारी राखिएको छ । त्रिशूली–३ ए मा उद्धार कन्टिन्यु रहेको नुवाकोटमा बसेर उद्धार समन्वय गरिरहेका सेनाले बताएका छन् । सेनाले उद्धारकर्मी बिहान जीवित भेटिएको स्थानभन्दा अगाडी पसेर त्यहाँ फसेकाहरूलाई खोज्ने प्रयास गरिरहेका छन् ।
गृहमन्त्री सुधन गुरुङको सचिवालयले दिएको जानकारी अनुसार विद्युत्त प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसी, सैनिक टोली र थप जनशक्ति पावर हाउसभित्र प्रवेश गरेका छन् ।













