आज सुनको मूल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २५०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मुल्य तोलाको ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।अघिल्लो दिन प्रतितोला ३०४९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४७६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • १९ भाद्र २०८३, शुक्रबार ११:१६ प्रकाशित