प्रचण्ड निवास पुगे माधव नेपालः यी विषयमा छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । नेपाल प्रचण्डलाई भेट्न आज बुधबार बिहान उनको निवास खुमलटार पुगेका हुन् ।

दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् ।

  • २६ माघ २०७८, बुधबार १३:१९ प्रकाशित