हिमपातले रोक्यो खोप अभियान

केन्द्रभाग मिडिया

Jomsom bazaar blanketed in snow, in Mustang, on Saturday.

मनाङ ।

हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिए ।

मनाङमा कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए । आचार्यका अनुसार प्राथमिकतामा पर्नेसँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको हो । नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार भएको छ ।

  • २६ माघ २०७८, बुधबार ०९:५२ प्रकाशित