काठमाडौं ।
रसुवाबाट आएको बाढी त्रिशूली मिसिएपछि नुवाकोटको विदुरमा बाढीबाट बच्न रुखमा चढेको दुई जनाको उद्धार गरिएको छ । विदुर नगरपालिका–५ स्थित देवीघाटमा रुखमा चढेका दुई जनाको उद्धार गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताए ।
स्थानीयको सहयोगमा उनीहरूलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो । देवीघाटमा हेलिकप्टर पनि परिचालन गरिएको थियो । रुखमा चढेर ज्यान जोगाएका एक जना महिला र एक जना पुरुषको उद्धार गरिएको एसपी रेग्मीले जानकारी दिए ।
बुधवार बिहान ९ बजेतिर चीनको तिब्बततर्फबाट अचानक ल्हेन्दे खोलाको बहाव भोटेकोसीमा मिसिँदा ठुलो भौतिक र मानवीय क्षति भएको आकलन गरिएको छ । रसुवा र नुवाकोटको नदी तटीय क्षेत्रमा खोज तथा उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।











