काठमाडौं।
रसुवामा अचानक आएको ठुलो बाढीले रसुवा भन्सारसँग सम्पर्क हुन सकेको छैन । भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार भन्सार कार्यालयमा अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको बताए ।
उनले भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी सकुशल रहेको भन्ने जानकारी आएको छ तर भन्सार कार्यालयको अवस्थाका विषय कुनै जानकारी नभएको बताए ।
उनले भने,‘ हामी भन्सार कार्यालयको अवस्थाका विषयमा जानकारी लिने कोशिस गरिरहेका छौँ । महानिर्देशक ज्यू विपत् प्राधिकरणको बैठकमा जानु भएको छ । त्यहाँबाट केही विषय जानकारीमा आउँला ।’










