सेयर बजारमा १०.६७ अङ्कको गिरावट

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा शुक्रबार १०.६७ अङ्कको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बजार २६१८.७२ विन्दुमा झरेर बन्द भएको हो ।

कारोबार विवरण आज बजारमा ३४४ कम्पनीका कुल १ करोड २२ हजार कित्ता सेयर किनबेच भएका छन्। यसबाट कुल ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार बन्द हुँदा ७० वटा कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ भने १९८ वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

  • ५ भाद्र २०८३, शुक्रबार १५:४७ प्रकाशित