सेती खोचमा अड्किएका युवकको उद्धार

केन्द्रभाग मिडिया

पोखराको रामघाटस्थित सेती नदीको खोचमा अड्किएका एक युवाको उद्धार गरिएको छ ।

आज बिहान पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेका रुपन्देहीको बुटवल घर भई पृथ्वीचोक बस्दै आएका २८ बर्षिय अनिल परियार पोखरा ९ शान्तिवनस्थित सेती नदीको भिरबाट खसेर अड्किएका थिए ।

उनी अड्किएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय कास्की र सि।आर।भी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको कास्की प्रहरीका प्रवक्ता विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

परियार बिहान करिब ६ बजेको समयमा त्यहाँ खसेको प्रहरीले जनाएको छ । उद्धार गरिएका परियारलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाट लगिएको छ । हाल उनको अवस्था सामान्य बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।

  • ५ भाद्र २०८३, शुक्रबार १५:४५ प्रकाशित