सांसद सुनारको भनाईप्रति गृहमन्त्रीको असन्तुष्टि : भने,‘आरोपका भरमा चरित्र हत्या गर्न मिल्दैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि सांसदले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार संसद्को कानुन समितिमा बोल्दै गृहमन्त्री गुरुङले आरोपका भरमा कसैको चरित्र हत्या गर्न नमिल्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको छ । त्यसप्रति गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ मन्त्री गुरुङले भने– ‘त्यसप्रति हामी खुसी छैनौँ । वि आर नट ह्याप्पी । आरोप र उजुरीका भरमा हामी न्यायाधीश बन्न पनि हुँदैन ।’

गत बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदमा अनियमिततासम्बन्धी उजुरीको छलफलका क्रममा सत्तारुढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले आइजीमाथि तत्काल छानबिन गर्नुपर्ने बताएका थिए ।

  • २९ श्रावण २०८३, शुक्रबार १४:४३ प्रकाशित