काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् ।
सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी गराए ।
साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार देउवा नेपाल फर्किएका छन् । उनको स्वागतका लागि अन्तराष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ता पुगेका थिए । चुनावअघि देउवा सिंगापुर गएका थिए ।
देउवा फर्केको एकदिन पछि संस्थापनइतरले तीन दिने राष्ट्रिय भेला बोलाएको छ । यही बेला संस्थापन पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ ।
पूर्व सभापति देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको पूर्व आदेशमा पुनरावलोकन गर्न दिएको निवेदनमा अदालतले निस्सा दिएको छ ।












