हेटौँडा ।
बागमती प्रदेशमा कांग्रेसका ३ विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । सत्ता गठबन्धनबाटबाट एमाले अलग भएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसका ३ जना विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री बानियाँले प्रदेशको ८ मन्त्रालय मध्ये रिक्त रहेका ३ मन्त्रालयमा मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन् । कांग्रेसका विना विभागीय मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री बानियाँको क्याविनेटमा यसअघि कांग्रेसका ३ मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् । कांग्रेसबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ जिम्मेवारीमा रहेका छन् ।













