स्याङ्जा ।
स्याङ्जामा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका वडा नम्बर ४ का ४१ वर्षीय किम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
थापालाई आज पुतली बजार नगरपालिका वडा नम्बर १० राङखोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।थापामाथि २०७१ चैत १९ गते एक वर्ष कैद सजाय फैसला भएकोमा अहिलेसम्म फरार रहेका थिए ।













