रातोपैह्रा सामुदायिक वन समूहको अध्यक्षमा पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।
रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूहको २२ औं बार्षिक साधारण सभा एवम् १२ औ अधिवेशनले भगवान पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वतरुपमा चयन गरेको छ ।

समूहको उपाध्यक्षमा विष्णु थापा, सचिवमा लेस्ली ठुसाजु, कोषाध्यक्ष द्धारिका श्रेष्ठ र सदस्यहरुमा कृष्ण रानामगर, शंकर श्रेष्ठ, रामचन्द्र कार्की, मिना गुरुङ, फिरोज ठुसाजु, रमेश थापा, धना चापागाई, संगम लामा ,नरवहादुर जलाहारी, शुशिल नेपाली, निरु नेपाली, ममता क्षेत्री कृष्णरानामगर, भिम कुमारी भुजेल, निरु नेपाली, ममता क्षेत्री, मिना गुरुड, धना चापाचाई, र डिलमाया गिरी रहेका छन् ।

त्यसै गरि अधिवेशनले लेखा समितिको संयोजकमा नरहरि पौडेलले र सदस्यमा वलराम वराल र सकुन्तला ढकाल सदस्य एवम् न्यायिक समितिको संयोजकमा युवराज अधिकारी र सदस्यहरुमा गणेश पौडेल र डिल्लीराम चापागाई रहेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले सो अविधेशनको रक्तचन्दनको विरुवामा सिन्चित गरि कार्यक्रमको उद्घाटन गर्दै वन क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासमा उपभोक्ता समुहले खेलेको भूमिका अतुलनीय रहेको बताए ।

सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको विकास एवम् वन उद्यमसंग जोड्नु पर्ने आवश्यकता औल्याउँदै उनले वन क्षेत्रको प्रवद्र्धनका लागि वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत राजेन्द्र शर्माले उपभोक्ताको अथक प्रयासवाट वन क्षेत्रको विकास र विस्तारमा पुगेको योगदानले आज नेपाल विश्वसामु सामुदायिक वनको देशकारुपमा परिचित भएको बताउँदै प्राकृतिक श्रोतलाई मुलुकको समृद्धिसंग जोड्नु पर्ने आवश्यकता औल्याए ।

सेतीनदीको किनाराको भिरालो पाखोमा अवस्थित साढे वाह्र हेक्टर क्षेत्रफलमा फैलिएको वनमा हाल ९५ जना उपभोक्ता आवद्ध रहेको समुहका निवर्तमान अध्यक्ष एवम् कार्यक्रम सञ्चालक हरि वास्तोलाले जानकारी दिए ।

२०५२ सालमा समुदायलाइ हस्तान्तरण गरिएको सो क्षेत्रमा तत्कालिन इलाका वन कार्यालय कुडहर एवम् स्थानीयवासिन्दाको सकृयतामा वृक्षारोपण गरिएको वन उपभोक्ता समितिद्धारा विभिन्न समय रापेका चाँप, उत्तिस,रुद्राक्ष, वाँस, लप्सी, पाउलोनीय तथा प्राकृतिक विरुवा हुर्केपछि यतिखेर हरियालीमा परिणत भएको उनको भनाई छ ।

कालजरुवा सज्विनधारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विक्रम वावु भण्डारीले पछिल्लो समय सामाजिक क्षेत्रमा काम गर्न समाजवाटै अप्ठेरो परिस्थिती श्रृजना हुने गरेकोमा दुख्ख व्यक्त गर्दै सामुदायिक वनको विकास र उपयोगमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने बताए ।
समुहका कार्यवाहक अध्यक्ष टिका वहादुर द्धारेको अध्यक्षतामा भएको कार्यक्रममा ढुङ्गेसाघुँ बोर्डिङ स्कुलका पिन्सिपल विष्णु जिसी, एस एण्ड एस डेरी प्रालिका अध्यक्ष शिवहरि आचार्य, ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देव वहादुर थापा, वन समुहका सहसचिव भगवान पोखरेलले सामुदायिक वनको महत्व माथि चर्चा गरेका थिए।
कार्यक्रममा समुहका कोषाध्यक्ष समुहका कोषाध्यक्ष विष्णुमाया तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै चार लाख वरावरको आयव्यय प्रस्तुत गरेका थिए ।
वन क्षेत्रमा रहेको ओमकारेश्वर मन्दिर र वन समुह विच समन्वय नहुनु र विभिन्न समयमा परेका उजुरीका कारण समुहको अधिवेशन गर्न ढिलाई हुन गएको सो अवसरमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

  • ३१ असार २०८३, बुधबार १६:१३ प्रकाशित