काठमाडौंको जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रहरीले काठमाडौंको जडीबुटीबाट बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । सार्वजनिक सवारी साधनमा उपत्यकाबाट पूर्वतिर जान खोज्ने यात्रुहरूलाई तानातान गरेर हैरानी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

बिहीबार बिहान जडीबुटीबाट ३२ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।

बिचौलियाहरूले गाडीमा सिट मिलाइदिने नाममा यात्रुको झोला तान्ने र अशोभनीय तरिकाले महिलाहरूलाई हात समातेर दुर्व्यवहार गर्ने गरेका गुनासो आएको एसएसपी खड्काले जानकारी दिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा आरोपीहरुको विवरण जाँच गरेर थप अनुसन्धान गरिने एसएसपी खड्काले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौँको बल्खु क्षेत्रबाट १७ जना बिचौलियालाई पक्राउ गरेको थियो । हिजो पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए ।

  • २५ असार २०८३, बिहीबार १३:०२ प्रकाशित