काठमाडौं ।
बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत बुधबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि गत बुधबार चाँदी ४ हजार २७० रुपैयाँ थियो ।













