काठमाडौं ।
प्रतिनिधिसभाको बैठकमा लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको जानकारी दिए ।
‘केही प्राविधिक समस्या भएकाले सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ,’ प्रवक्ता गिरीले भने, ‘कार्यव्यवस्था परामर्श महाशाखाबाट तत्काल समस्याको समाधान गर्न निर्देशन भइसकेको छ ।’
यसअघि प्रतिनिधि सभाको असार १८ गतेको बैठकमा पनि प्राविधिक समस्या देखिएको भन्दै लाइभ भएको थिएन ।











