आज सुनचाँदी दुवैको भाउ घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार सुन २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ अघिल्लो दिन प्रतितोला ४ हजार ६०५ रुपैयाँ रहेकोमा आज २० रुपैयाँ घटेर ४ हजार ५८५ रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

  • २२ असार २०८३, सोमबार ११:४६ प्रकाशित