काठमाडौं ।
‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक केही बेरलाई स्थगित गरिएको जानकारी दिए ।
१७ मिनेटसम्म बैठक चलेपछि सभाको प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि बैठक स्थगित गरिएको हो ।अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको भनेर बैठक नै स्थगित गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।
उनले प्राविधिक समस्या समाधान भए लगत्तै बैठक सुरु हुने जानकारी दिए । आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरू बारेको सन्देश टेबुल गर्ने, विनियोजन विधेयकमाथिको छलफल गर्ने विषय कार्यसूचीमा छन् ।












