इन्धनको मुल्य घटेसगैं नयाँ भाडादर सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। इन्धनको मूल्यमा ठुलो गिरावट आए पनि विभागले भाडा भने अत्यन्तै न्यून अर्थात् मात्र २ प्रतिशतले घटाएको हो ।

विभागले बिहीबार जारी गरेको सूचना अनुसार डिजेलको मूल्यमा प्रति लिटर ४३ रुपैयाँको गिरावट आएको छ। यसअघि डिजेलको औसत बजार मूल्य प्रति लिटर २३५‍.८३ रुपैयाँ रहेकोमा हाल घटेर १९२.८३ रुपैयाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा करिब १८.२३ प्रतिशत हुन आउँछ।

वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको छ।

पहिले पूर्ण रूपमा बढ्नुपर्ने भाडा नबढेका कारण अहिले इन्धनको मूल्यमा भारी गिरावट आउँदा पनि हाललाई २ प्रतिशत मात्र भाडा घटाइएको विभागको स्पष्टीकरण छ।

यस्तो छ नयाँ भाडा दर

१. यात्रुवाहक सवारी साधन : २ प्रतिशत (घटी)

२.पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी : २ प्रतिशत (घटी)

३.तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी : २ प्रतिशत (घटी)

यो नयाँ भाडा दर २०८३ आजै अर्थात् असार १८ गतेदेखि लागू भएको विभागले जनाएको छ।

  • १८ असार २०८३, बिहीबार १६:५३ प्रकाशित