काठमाडौं ।
आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा सुनको भाउ ३ हजार ५ सय रुपैयाँ घटेको छ । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा १४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार १८० रुपैयाँमा कायम भएको चाँदी आज ४ हजार ३२५ रुपैयाँ पुगेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो ।












