अन्तर्राष्ट्रिय फुटबल महासंघले नेपालमाथि प्रतिबन्ध लगायो

केन्द्रभाग मिडिया

काठमाडौं ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको जनाएको छ । नेपाली फुटबल इतिहासमा फिफाबाट नेपाल प्रतिबन्धित भएको यो पहिलो घटना हो ।

यो निर्णयसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ । निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो, यद्यपि, निलम्बन फुकुवा भइसकेको छ ।

  • ११ असार २०८३, बिहीबार ०९:२१ प्रकाशित