मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ।शिक्षा सचिव चुडामणि पौडेलले मंगलबार आयोजित एक संसदीय समिति बैठकमा उक्त जानकारी गराएका हुन्।

सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव पौडेलले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबैभन्दा बढी आकर्षण देखिएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पारे।

यसका साथै उनले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीका लागि ‘स्टुडेन्ट भिसा’ (विद्यार्थी भिसा) मा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुराकानी भइरहेको बताए।

सचिव पौडेलका अनुसार हाल विभिन्न मुलुकका करिब १ हजार ४ सय जना विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् र तीमध्ये सबैभन्दा बढी आकर्षण मेडिकल विधामै रहेको छ।

  • ९ असार २०८३, मंगलवार १४:२३ प्रकाशित