बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिनेहरु पनि छन् : राजेन्द्र लिङदेन

केन्द्रभाग मिडिया

काठमाडौं।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट रहेको बताएका छन् । गत निर्वाचनमा रास्वपालाई विश्वास गरेर राजावादीसहित अन्य पार्टीमा आस्थावानहरुले समेत भोट हालेको तर्क गरे ।

चितवनमा आइतबारदेखि सुरु भएको रास्वपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिएको समेत दाबी गरे । उनले यही कारण रास्वपामाथि विशिष्ट जिम्मेवारी रहेको बताए ।

  • ७ असार २०८३, आईतवार १६:४८ प्रकाशित