आफू विरुद्ध गाली अभियान नै चलाइएको सम्पाङको आशंका

केन्द्रभाग मिडिया

काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा उनले यस्तो अशंका सार्वजनिक गरेका हुन् ।

उनले आफूले धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गरे । हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको चर्चा गरे ।

देशको हितका निम्ति आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको उनको गुनासो थियो ।

अध्यक्ष राईले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको उल्लेख गरे ।

  • ३० जेष्ठ २०८३, शनिबार १८:०१ प्रकाशित