संसद् धम्की दिने थलो होइन : कांग्रेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले प्रश्न सोध्ने सांसद्लाई मन्त्रीबाट अपमान गर्ने कार्य भएको भन्दै यसलाई संसदीय मर्यादाकै अपमान भएको टिप्पणी गरेको छ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटको करका दर हेरफेर र करको दर हेरफेरको सूचना चुहावटको विषयमा प्रश्न गर्ने सांसदलाई विगत नियाल्न सुझाएका थिए ।

यस्तो शैलीमा प्रश्न उठाउँदै कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भने, ‘प्रश्न गर्ने सांसदलाई तपाईंको नामको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो ।’

संसद् धम्की दिने थलो नभएको र तर्क तथा विमर्श गर्ने थलो भएको उनले बताए । यसमा गम्भीर बन्नुपर्ने उनको आग्रह छ ।अन्य विपक्षी दलहरूले समेत यो विषयमा अर्थमन्त्रीको आलोचना गरेका छन् ।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले पनि अर्थमन्त्रीले संसद्मा प्रश्न सोधेकै आधारमा अर्थमन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको भनेर विरोध जनाएका छन् ।

  • २९ जेष्ठ २०८३, शुक्रबार १३:१९ प्रकाशित