पोखरा ।
ठगी आरोपमा पक्राउ पुर्जी जारी भएका बाँकेका एक सहकारी अध्यक्ष पोखराको सिर्जनाचोकबाट पक्राउ परेका छन् ।
बाँके जिल्ला अदालतबाट ठगी कसूरमा पक्राउ पुर्जी जारी भएका नेपालगंज उप महानगरपालिका वडा नं.१ बस्ने ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वर्ष ४३ का जितेन्द्र थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
थापालाई हिजो मंगलबार पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी बताए ।












