रास्वपा सभापति लामिछानेको आह्वानामा सर्वदलीय बैठक जारी

केन्द्रभाग मिडिया

रास्वपा सभापति लामिछानेको आह्वानामा सर्वदलीय बैठक जारी

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछनेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बसेको छ ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष र सभापतिसहित दुई र दुई जनालाई आमन्त्रण गरिएकोमा कांग्रेस, एमाले र नेकपाका पार्टी प्रमुख गएका छैनन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, नेकपा एमालेका सचेतक ऐनबहादुर महर र राप्रपाका अध्यक्ष रजेन्द्र लिङ्देन लगायतका नेताहरु सहभागी छन् ।

यता हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गरेको छ ।

  • २५ जेष्ठ २०८३, सोमबार ११:०३ प्रकाशित