पोखरा ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ भन्ने सोँचसहित मंगलबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा, खेलकुद तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ । सरकारले कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यसहित ‘रिटर्न टु भिलेज’ अभियान सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँमा उद्यम गर्न चाहने युवालाई सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ ।
युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वकांक्षी नीति लिइएको छ । गण्डकी प्रदेश सरकारले युवालाई हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरु वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेका बेला गण्डकी सरकारले ती युवालाई स्वदेशमै रोक्नका लागि यस्तो महत्वकांक्षी योजना ल्याएको हो । प्रदेश प्रमुख भट्टले भने, ‘अबको निकास युवाको विकास अभियान अन्तर्गत युवामा सकारात्मक सोंच, नेतृत्व विकास, उद्यमशीलता, सीप तथा क्षमता विकास गरि युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाईनेछ ।’
त्यस्तै, विकास तथा नीतिगत निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण र प्रभावकारी सहभागिता पनि सुनिश्चित गरिने उनले बताए । साथै प्रदेश नमूना युवा संघसंस्था, युवामैत्री स्थानिय शासन कार्यक्रम सञ्चालन गरिने पनि उनले उल्लेख गरे ।
गण्डकी सरकारले कृषिलाई सम्मानजनक पेशाका रुपमा स्थापित गरि ग्रामिण अर्थतन्त्र सुदृढिकरण गर्ने जनाएको छ । त्यसका लागि कृषिको आधुनिकीकरण, यान्त्रीकीकरण, विविधीकरण र व्यवसायीकरण गर्दै बजारीकरणको उचित प्रवन्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गण्डकीले विदेश तथा नेपालकै सहरबाट गाउँ फर्किने युवालाई प्रोत्साहन गर्न व्यवसाय कर्जामा व्याज अनुदान दिदै ‘रिटर्न टु भिलेज’ अभियान सञ्चालन गर्ने जनाएको छ । साथै स्थानिय उत्पादनको बजारमा पहुँच र न्यायोजित मूल्यका लागि कृषि एप सञ्चालन । कृषि एम्बुलेन्सको प्रभावकारी सञ्चालन गरिने पनि भट्टले बताए ।
गण्डकी सरकारले ल्याएका नीति तथा कार्यक्रममा ५ वर्ष भित्रमा भारत र चीनबाट आगमन हुने पर्यटकको संख्या दोब्बर बनाउने उल्लेख छ । त्यसका लागि पर्यटन वोर्ड र नीजि क्षेत्रसँगको साझेदारीमा ‘गण्डकी जाऔं, संस्कृतिसँग रमाऔं’ अभियान सञ्चालन गरिने उल्लेख छ । पोखरालाई अन्तर्राष्ट्रिय सभा सम्मेलन र माईस टुरिजम, स्वास्थ्य तथा आरोग्य एवम् खेल पर्यटन केन्द्रका रुपमा स्थापित गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
गण्डकी सरकारको तर्फबाट प्रदेशसभामा प्रदेश प्रमुख भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्












