काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले बताएको छ । प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ ।
प्रहरीले ४ जेठमा प्रसाईंलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेको थियो ।उनले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध, कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाती र सम्प्रदायबीचको समधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।

















