प्रधानन्यायाधीश शर्माले आजै शपथ र पदभार ग्रहण गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदीय समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका डा.मनोजकुमार शर्माको आजै शपथ ग्रहण हुने भएको छ ।शर्माको शपथ ग्रहण मंगलबार साँझ साढे ६ बजेलाई राखिएको सर्वोच्च स्रोतले जनाएको छ ।

प्रधानन्यायाशीलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने परम्परा छ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेपछि शर्माले आजै सर्वोच्च पुगेर पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।

  • ५ जेष्ठ २०८३, मंगलवार १७:०७ प्रकाशित