काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूची (सर्टलिस्ट) मा परेको छ ।राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जनाको नाम छनोट गरेको हो।
अध्यक्ष पदका लागि कूल ४७ जनाले आवेदन दिएका थिए । तीमध्येबाट समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई सर्टलिस्ट गरेको छ । छनोटमा परेका यी चारै जना उम्मेदवारहरूलाई आगामी जेठ ८ गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।


















