प्रधान न्यायाधीश नियुक्तिमा केवल वरिष्ठतालाई मात्र बलियो आधार मान्न सकिन्न : शर्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीशको पद कुनै साधारण ‘बढुवा’ नभई एक विशिष्ट ‘संवैधानिक नियुक्ति’ भएको बताएका छन्।

मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा डा। शर्माले प्रधान न्यायाधीश चयन गर्दा केवल वरिष्ठतालाई मात्र बलियो आधार मान्न नसकिने तर्क गरेका हुन्।

शर्माले भने,’प्रधान न्यायाधीशको पद बढुवा होइन, यो एक संवैधानिक नियुक्ति हो। त्यसैले नियुक्ति प्रक्रियामा केवल वरिष्ठताको मात्र बलियो आधार हुन सक्दैन।’

  • ५ जेष्ठ २०८३, मंगलवार १५:३९ प्रकाशित