रोल्पामा सकेट बम फेला

केन्द्रभाग मिडिया

 

रोल्पा ।

रोल्पामा सकेट बम फेला परेको छ । परिवार्तन गाँउपालिका(३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउन खन्ने क्रममा सकेट बम फेला परेको हो । मंगलबार बिहान २ वटा सकेट बम फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेपछि मजदुरले सुरक्षालाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको सूर्य दलगण लिबाङको बम डिस्पोजल टोली पुगेको थियो ।

प्रमुख सेनानी ईश्वर थापाका अनुसार उक्त संकास्पद बस्तु सकेट बम भएको पुष्टि भएको छ । “संकास्पद वस्तु भएको ठाउँमा पुगेर हेर्दा सकेट बम भएको देखियो । अहिले डिस्पोजल टोलीले नियन्त्रणमा लिइसकेको छ ।’ उनले भने

उक्त बम माओवादी युद्धका समयमा राखिएको हुनसक्ने सुरक्षा निकायको आकलन छ ।

  • ५ जेष्ठ २०८३, मंगलवार १४:३४ प्रकाशित