चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

 

चितवन ।

चितवनमा जंगली च्याउ खाँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते ज्यान गएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा ज्यान गएको हो ।

२९ वैशाखमा श्यामबहादुर चेपाङको पाँच जना परिवारले जंगली च्याउ खाएका थिए । जसमध्ये तीन जना १ जेठमा बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो ।

उपचारका क्रममा नमुनाको मृत्यु भएको थियो । १३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।

  • ३ जेष्ठ २०८३, आईतवार १४:५१ प्रकाशित